आज सुनको मूल्य कति ?

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा सामान्य गिरवट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोल ९७ हजार २ सय, तेजावी सनुको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य ९७ हजार ३ सय, तेजावी सुनको मूल्य ९६ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ प्रतितोला थियो ।