ललितपुर २९ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेकी ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसाल मंगलबार भैंसीपाटी क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त भइन् ।

लगातार घरदैलो र विभिन्न चुनावी कार्यक्रमले व्यस्त उनी घरदैलोमा मतदातासँगको भेटपछि भने उत्साहित छिन् । ठाउँ ठाउँमा मतदाताको उत्साहजनक स्वागत र हौसला देख्दा जित सुनिश्चित जस्तै भइसकेको उनको भनाई छ ।

मतदाताले ललितपुरका लागि मात्र नभएर देशकै लागि चाहिने नेत्रीको रुपमा आफूलाई भन्ने गरेको उनी बताउँछिन् । समयको दबाबका कारण सबै मतदाता र सबै ठाउँमा मतदातासँग भलाकुसारी गर्न नपाएको उनले बताइन् ।

उनले जितपछि ललितपुरको समग्र विकासमा अझै जोड दिने बताएकी छिन् । हेरौं उनको घरदैलोमा देखिएका केही दृश्यहरु


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।