काठमाडौं । सुनको भाउ आइतबार प्रतितोला ४०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको थियो ।