विगत ४ कारोबार दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १०० रुपैयाँ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस दिन तेजाबी सुनको मूल्य भने १ लाख ४ हजार ६०० रुपैयाँ रहेको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला १० रुपैयाँ घटेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।