काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो । महासंघकाअनुसार चाँदीको मूल्य आइतबार यता स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।