आज पनि बढ्याे सुनको भाउ, बजार मुल्य कति ?

सुनको भाउ लगातार दोश्रो दिन महंगिएको छ । बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि आज प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ ।

बुधबार पनि सुनको भाउ उकालो लागेको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ४ हजार ८०० रुपैयाँ पुगेको थियो । बिहिबार सुनसँगै चाँदीको मूल्य महंगिएको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढोत्तरी हुँदा एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।