सरकारले नेपाली क्रिकेट टोलीलाई प्रतिखेलाडी ३ लाख पुरस्कार दिने

काठमाडौं । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई सरकारले जनही तीन लाख राशिको पुरस्कार दिने भएको छ । 
शुक्रबार बिहान विजेता खेलाडीहरूलाई सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पुरस्कारको घोषणा गरेका हुन् । खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले भने, “मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ ।”
प्रधानमन्त्री दाहालले आगामी दिनमा नेपाली क्रिकेट खेलाडीहरूको प्रर्दशन थप राम्रो होस् भन्दै अग्रिम शुभकामना पनि व्यक्त गरे ।
आफू क्रिकेट खेलाडीहरूको सुखदुखमा साथमै रहने प्रतिबद्धता जनाउँदै दाहालले विश्वकप छनोटका लागि खेलाडिहरूलाई शुभकामना दिए । उनले अगाडि भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशिले पुरस्कृत गरिसकेको छ । आज म तपाईहरूलाई जनही रू. तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।