काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३ सय रुपैयाँ पुगेको हो ।

यतै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।