Thursday, October 15, 2026
15.7 C
Kathmandu
Home मुख्य समाचार टोप बहादुर रायमाझी फरार, छोरा अदालत पेश

टोप बहादुर रायमाझी फरार, छोरा अदालत पेश

काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव पूर्व उपप्रधानमन्त्री तथा बहालावाला सांसद टोप बहादुर रायमाझी फरार भएका छन् । प्रहरीले उनको खोजी कार्य जारी रहेको जनाएको छ ।

उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको हो

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।

उनीहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।