काठमाडाैं १९ असार । मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

काभ्रे, सिन्धुली र रौतहटसँग सीमाना जोडिएको बागमती गाउँपालिका ७ का एकै परिवारका पाँच जना बिरामी भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उनका अनुसार ४५ वर्षीय रेशम विक, २५ वर्षीय पदम विक, २३ वर्षीय मदन विक, १८ वर्षीया सपना विक र ३० वर्षीया पार्वती विक बिरामी भएका छन् ।

उनीहरूलाई फापरबारी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि हेटौँडा अस्पतालमा ल्याइएको छ । पाँचै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । प्राप्त जानकारीअनुसार विक परिवारले जंगलबाट च्याउ ल्याएर तरकारी बनाई खाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।