काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ ।
हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।