काठमाडाैं ८ साउन । ललितानिवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही सकुलनन्द महर्जन र सञ्जय महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरूलाई सीआईबीको टोलीले ललितपुरबाट पक्राउ परेका हुन् । यो प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ । सरकारका सचिव कृष्णबहादुर राउत भने सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन् । अन्य सबै १९ जना सीआईबीको हिरासतमा छन् ।

ललितानिवासको सरकारी जग्गा निजी व्यक्तिका नाममा बनाएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।