काठमाडौँ 9 साउन । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक परिवर्तन गरिएको छ । सय किलो सुन बरामद भएको सातापछि अर्थ मन्त्रालयले भन्सारको प्रमुख प्रशासकमा सहसचिव टोकराज पाण्डेलाई पठाएको हो ।
निजामती किताबखानाका प्रमुख पाण्डेलाई आइतबार अर्थ मन्त्रालयले सरुवा गरेको हो । भन्सारका प्रमुख प्रशासक अरुण पोखरेल सुन बरामद हुनुभन्दा दुई साताअघि नै बिदामा बसेका थिए ।
सहसचिवको दरबन्दी रहेको प्रमुख भन्सार प्रशासकको दरबन्दीमा उपसचिवले काम गर्दै आएका थिए । उपसचिवले निमित्त भएर भन्सार प्रमुखको काम गरिरहेका बेला सुन बरामद भएको हो । राजस्व अनुसन्धान विभागले यस विषयमा छानबिन गरिरहेकाे छ ।
Comments







