काठमाडौं २६ साउन । जिल्ला कारागार संखुवासभामा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीले १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसनधान सुरु गरेको छ । घटनापछि प्रहरीले ९ जना कैदीलाई बुधबार पक्राउ गरिसकेको थियो ।

कारागारमा कार्यरत प्रहरी र कैदीबन्दी १९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । गत बुधबार कुटपिटबाट कैदीबन्दी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

सोही घटनालाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको हो । नियन्त्रणमा लिइएका प्रहरी र कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।