काठमाडौं । वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले पानीजहाज निर्माण क्षेत्रमा (सिप बिल्डिङ) सहभागी परीक्षार्थीका लागि उत्पादन क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ। मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयले फारम भर्ने समय दुई दिन थप गरिएको हो।

यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो। नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन्। हालसम्म १४ हजारभन्दा बढीले मात्र आवेदन भरेको जनाइएको छ । सीप बिल्डिङका लागि भाषा परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाको संख्या ३० हजारभन्दा बढी रहेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग भाषा परीक्षा विवादसम्बन्धी पछिल्लो घटनाबारे छलफल गरेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।