सुर्खेत १९ पुस । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको छ ।

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएको थियो । पुस ३ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा प्रश्नपत्र नै बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको छ ।
उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले प्रश्नपत्र बाहिरीनुमा परीक्षा व्यवस्थापनकै साथीहरुको बदमासी देखिएको बताएका छन् । निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् । उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको र अब छिट्टै परीक्षा सञ्चालन हुने उपकुलपति सिंहले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।