काठमाडौं । नेपालका सुवास भण्डारी र आकाश चन्दले आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्ध दौडिएर नै एकै बलमा पाँच रन बनाएका छन् ।

तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोडेका हुन् । जिशानलाई सुवास भण्डारीले उक्त बल प्रहार गरेका थिए । दुई रन सजिलै जोडेका थिए । तर पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि सुवास र आकाशले त्यसको भरपूर्ण फाइदा उठाउँदै पाँच रन दौडिएर पूरा गरेका थिए ।

त्यसैको कारण नेपालले एकै बलमा पाँच रन जोड्न सफल भएको थियो । नेपालले पाकिस्तानलाई १९८ रनको विजयी लक्ष्य दिएको छ । पाकिस्तानले उक्त लक्ष्य पछ्याइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।