काठमाडौं । नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
भ्रष्टचार मुद्दामा मुछिएका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न बिशेष अदालतले अनुमति दिएको हो । उनीहरुलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।
भ्रष्टाचारको पैसा विदेशमा लुकाएको र अकुत सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा आयोगले उनीहरुलाई पक्राउ गरेको थियो । विदेश भाग्ने तयारी गरेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । यसअघि पनि उनीहरुविरुद्ध नेशनल पेमेन्व गेटवे र सेक्युरिटी प्रेस खरिदसम्बन्धमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।
भ्रष्टाचारमा मुछिएका सुनील र विकल पौडेल पक्राउ, झण्डै एक अर्ब हिनामिनाको आरोप