अमेरिका, बेलायत र इयुद्धारा पाकिस्तानको निर्वाचन धाँधली भएको आरोप

काठमाडौं । अमेरिका, बेलायत र इयुद्धारा पाकिस्तानको निर्वाचन धाँधली भएको आरोप लगाएका छन् । पाकिस्तानमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै उनीहरुले छानबिनको माग समेत गरेका छन्।

पाकिस्तानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरी बिहीबार मतदान भएको थियो। मतदानकै दिन उम्मेदवार र ठूलो संख्यामा नेता कार्यकर्तादेखि सामाजिक अभियान्तासेत पक्राउ परेका थिए।

मतदान र निर्वाचन परिणाममा पनि सेनाले हस्तक्षेप र धाँधली गरेको भन्दै ती विषयहरूमा छानबिन गर्न अमेरिका र इयुले आग्रह गरेको हो।

पाकिस्तानमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई)लाई पहिलेको चुनाव चिह्न नदिइएपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए। २६५ मध्ये परिणाम अन्तिम चरणमा पुग्दा त्यहाँ पिटिआई समर्थित उम्मेदवारहरूले बढी सिट जितेका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।