काठमाडौँ । लाइसेन्स घोटालामा संलग्न भएको आरोपमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।
क्रान्तिकारी युवा संगठनले उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।
कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको रिपोर्टिङ रहेको प्रहरीले जनाएको छ । नक्कली लाइसेन्स छानविन प्रतिवेदन सार्बजनिक नगरेको, यातायात विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको, नक्कली लाइसेन्स वितरण प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको र हालसम्म नक्कली लाइसेन्स वितरण गर्ने भ्रष्टाचारी कर्मचारी कानुनी दायरामा ल्याउन नसकेको उक्त संगठनको आरोप छ ।
पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।