काठमाडौं । काठमाडौंको सितापाइलामा चार जना मृत फेला परेका छन् । प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् ।  उनीहरुको हत्या भएको आशंका छ ।

मृत फेला परेकी महिलाका श्रीमान पनि घर भन्दा केही टाढा जंगलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।