काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्डसँग पराजित बनेको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो ।
जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
Comments







