काठमाडौं । नेपाल एसियाकै जलविद्युतको पहिलो धनी देशको रुपमा आउँछ । तर, बिडम्बना भने नेपालले अहिले पनि उर्जा निर्यात गर्ने गरेको छ । नेपाल उर्जामा आत्मनिर्भर हुन सकेको छैन । अघिल्ला वर्षहरुमा हिउँदमा नेपालले भारतबाट बिजुली किनेर ल्याउने गरेको छ ।

विश्व बैंकले गत अक्टोबरमा नेपालको विकासको पछिल्लो अवस्थाबारे अपडेट गरेको छ । जसमा बलियो ऊर्जा क्षेत्रको वृद्धिले औद्योगिक संकुचनबाट बच्न मद्दत गरेको जनाएको छ ।

विश्व बैंकका अनुसार लगातार दोस्रो वर्ष जलविद्युत उत्पादनमा उल्लेख्य वृद्धि भएको छ भने राष्ट्रिय ग्रिडमा करिब ५०० मेगावाट जलविद्युत थपिएको छ । विश्व बैंकले अगाडी भनेको छ, ‘तर, नेपाल ऊर्जा आयात गर्ने देश हो ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।