बुढीगण्डकी जलविद्युतकाे काम तत्काल अघि बढाउन प्रधानमन्त्रीकाे ध्यानाकर्षण


काठमाडाैं । गोरखा र धादिङका आयोजना प्रभावित स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुढीगण्डकी जलविद्युत आयोजनाकाे काम तत्काल अघि बढाउन माग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी आयोजना बारे आफू चिन्तित रहेको उल्लेख गर्दै छिट्टै ठोस निर्णय हुने बताएका छन् ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना आफैं बनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री प्रचण्डले आयाेजनाकाे काम अघि बढाउन चासाे दिएपनि कामले गति लिन सकेकाे छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।