काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सही बाटोमा अघि बढाउन आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने घोषणा गरेका छन् ।

उनले सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो जनाएका हुन् ।

उनले सबैले सरापे पनि आफ्नो नेतृत्वमा एमाले झन् बलियो बन्दै गइरहेको टिप्पणी गरे । उनले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी अहिलेदेखि संगठन निर्माणमा परिचालित हुन समेत नेता कार्यकर्तालाई निर्देशन दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।