काठमाडाैं । नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको छ ।
शुक्रबार बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको हाे । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएकाे छ ।
साेही सडकखण्डकाे सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् । त्यहाँ उद्वार कार्य जारी रहेकाे छ ।
Comments






