काठमाडाैं । हेटौंडाबाट राजधानी प्रवेश गर्ने कान्ति लोकपथको मकवानपुर भीमफेदी गाउँपालिका—८ महादेवटार सडकखण्डमा गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सडकको करिब ७० मिटर जति ट्र्याक नै बगाएकोले सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
शुक्रबार रातिदेखि परेको वर्षाले कान्ति लोकपथको महादेवटारमा माथिबाट पहिरो खसेको र तल पनि सडक धसिएकाले कान्ति लोकपथ अवरुद्ध भएको प्रहरीकाे भनाई छ ।
Comments