काठमाडाैं । गएरातिदेखि निरन्तर परेको पानीले पहिरो जाँदा अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडकमा रुख ढलेर अवरूद्व राजमार्ग एकतर्फी सुचारू भएकाे छ ।
मंगलबार बिहान १०:५५ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्लास्थित अरनिको राजमार्ग अर्न्तगत धुलिखेल नगरपालिकाको वडा नं ७ स्थित फोहोर फ्याक्ने डम्पिङ साइट नजिकै माथिबाट पहिरो आई रुख ढलेर बिजुलीको तार चुडेकोले बाटो अवरुद्ध भएको थियाे ।
पहिराले सडकमा रुख ढलेका राजमार्गको सो सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेनाको टोलीले सडकमा ढलेको रुख काट्ने, विद्युतको कर्मचारीले बिजुलीको तारको व्यवस्थापनको कार्य गरिरहेको छ ।
Comments