काठमाडाै । शेयर बजारमा आज उच्च अंकले घटेकाे छ । आज नेप्से एक सय अंक भन्दा बढी अंकले घट्दा सूचक २८०० विन्दु तल झरेको छ।

यस दिन नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ। बजारले २८०० को सपोर्टलाई पनि तोडेर तल झरेको छ। यसले बजारमा विक्री चाप उच्च रहेको देखाउछ।

सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ। मंगलबार कारोबार रकम १८ अर्ब रुपैयाँमा नै सिमित भएको छ। यस दिन ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर १८ अर्ब ६४ लाख ९५ हजार ३३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।