काठमाडाैं । हिंसा शब्दकाे विषयलाई लिएर संसद बैठक नै अवरूद्व भएकाे छ । भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शब्द अंसदीय नभएको ठहर भएको बताएका थिए ।

त्यसपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए । बैठकमा एमाले र माओवादी सांसदबीच चर्काचर्की भएपछि भदौ ३० गतेसम्म संसद स्थगित गरिएको छ ।

उक्त शब्द रेकर्डबाट हटाउनुपर्ने माओवादीकाे माग रहेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।