काठमाडाैं । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्‍याएका छन् । 

‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने,‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए ।

त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।