काठमाडौं । संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निवर्तमान सचिव अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ ।
गत २५ पुसमा पक्राउ परेका पोखरेलविरुद्धको अनुसन्धान सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । उनको अनुसन्धान १२ दिनमा नै प्रहरीले सकेको थियो ।
बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको हो ।
पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दाबी छ । बिहीबार पोखरेलको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।