कनठमाडाैं । पाथीभरामा केबलकार निर्माणकाे विषयमा उत्पन्न विवादकाे विषयलाई गरिएकाे बन्द आह्वानले जनजीवन प्रभावित बनेकाे छ ।

गत माघ १२ गते ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपको विषयलाई लिएर माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने गौँडाहरू बन्द छ ।

आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलनरत समूहले माघ २० गतेदेखि थप बन्दको घोषणा गरेका छन् । उनीहरू अरुण पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र तेह्रथुम जिल्ला बन्दको आव्हान गरेका छन् ।

बन्दकाे सबै भन्दा धेरै प्रभाव ताप्लेजुङमा परेकाे छ । सरकारले पनि आन्दाेलनरत पक्षलाई वार्ताका लागि प्राथमिकता दिएकाे पाइईकाे छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।