काठमाडाैं । घटना २०८१ साल फागुन २२ गतेकाे हाे । ६३ यात्रु राखेर बुद्ध एयरको 9N-ANH एटीआर जनकपुरबाट उड्याे तर उडान भर्न र अवतरणका लागि अतिमहत्वपूर्ण मानिने पाङ्ग्रा भने जनकपुरमा नै छाडेर । पाङ्ग्रा छाडेकाे जहाज सकुशल अवतरण हुँदा ६३ यात्रुकाे जीवन भने भाग्यले जाेगिएकाे छ ।
यात्रुलाई जहाजबाट ओरालेर र्याम्प बसमा राख्दै गर्दा प्राविधिकले एप्रोनमा जहाजको नियमित जाँच ‘गो–अराउन्ड’ गर्ने क्रममा जहाजकाे पाङ्ग्रा नभएकाे पाइएकाे थियाे । त्यसपछि खाेजि गर्दा पाङ्ग्रा नै जनकपुरमा छाडेर जहाज काडमाडाैंमा आएकाे पाइएकाे हाे ।
यस घटनाले बुद्ध एयरको हवाइ सुरक्षाप्रति चरम लापरवाही देखाएको छ। पाङ्ग्रा नै खसेको जहाजले उडान भर्ने अवस्था आउनुले नागरिककाे सुरक्षामा समेत गम्भीर चुनाैती थपिएकाे यस क्षेत्रका विज्ञहरूकाे चिन्ता छ ।