काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् ।
उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । सो क्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।
Comments