काठमाडौं । उर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाउन खोज्दा निजी क्षेत्रले दैनिक १२ घण्टासम्म लोडसेडिङ बेहोर्नु परेको छ । अहिले पुर्वका औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ सुरु भएको छ ।
उर्जामन्त्री खड्काले लोडसेडिङ अन्त्यका लागि भूमिका खेल्नुपर्नेमा उल्टै कुलमानलाई असफल बनाउन लोडसेडिङ गराउन लागेका हुन् । उनले सार्वजनिक रुपमा नै अब लोडसेडिङ हुने भन्दै अभिव्यक्ति दिएका छन् ।
भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ ।
भारतले ३ चैतदेखि सोलार आवर (दिउँसो) मा मात्रै विद्युत् दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको हो । मन्त्री खड्काले यस्तो अवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर लोडसेडिङ अन्त्य गर्नुपर्नेमा उल्टो भूमिका निर्वाह गर्ने गरेका छन् । जसका कारण सर्वसाधरण मर्कामा परेका छन् ।