काठमाडौं । तिनकुनेमा आज भएकाे हिंसात्मक आन्दाेलनमा सहभागी राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।

उनीहरू जन आन्दोलन परिचालन समितिको संयोजन समितिका सदस्य हुन् भने मिश्र राप्रपा वरिष्ठ उपाध्यक्ष र धवलशमशेर राप्रपा महामन्त्री हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।