काठमाडाैं । पाकिस्तानको सरकारी टिभी र फौजको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको बताएका छन् ।

भारतले आफ्ना तीनवटा सैन्य अड्डालाई निशाना बनाएको पाकिस्तानले आरोप लगाएको थियो । पाकिस्तानी फौजको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार पाकिस्तानले जवाफी कारबाहीलाई ‘अप्रेशन बुनयान मरसूस’ नाम दिएको छ । भारतले पाकिस्तानको यो दाबीलाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले आफ्ना तीन सैन्य अड्डालाई निशाना बनाएको विषयमा जवाफी कारबाही गर्ने बताएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।