काठमाडौं । रसुवामा करिब सात किलो बराबर सुन बरामद भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सुन बरामद भएको बताएका छन् ।
सुनको परिणामबारे अहिलेसम्म औपचारिक रुपमा बाहिर ल्याइएको छैन । स्रोतका अनुसार सात वटा बिस्कुट बरामद भएको हो।

एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको गरिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अन्दाजी सात किलो ६५३ ग्रामको सुन जस्तो पहेँलो धातु बरामद गरिएको बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।