काठमाडौँ । उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।
मङ्गलबार न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले जिल्लाको आदेशको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउने आदेश गरेको हो ।विष्टले गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा अनधिकृत पत्र लेखेका थिए ।
उक्त पत्रका कारण चौधरी पाँच घण्टा गैरकानुनी थुनामा बस्नुपरेको थियो ।
Comments