काठमाडौं । सेयर बजार मंगलबार कारोबार रकमसँगै परिसूचक पनि नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३।९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो ।

कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो । सो समूह १।१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०।२७ तथा व्यापार ०।११ प्रतिशत बढे ।

यीबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०।४९, होटल तथा पर्यटन १.५८, लगानी ०.४३, जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.२५ तथा अन्य ०.१५ प्रतिशत घटे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।