काठमाडौँ । सरकारले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएर राखेको भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी दिएको छ । 

सोमबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी गराएकी हुन् । राणाले सरकार उनको रिहाइका लागि प्रयासरत रहेको समेत सदनलाई जानकारी गराइन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।