काठमाडौं । रूसले इरानमाथि भइरहेको इजरायल र अमेरिकाको सैन्य आक्रमण अवैध र अन्तर्राष्ट्रिय मान्यताहरू विपरित भएको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानमाथिको आक्रमणलाई अप्रत्याशित आक्रमणको संज्ञा दिँदै त्यसको कुनै औचित्य नरहेको समेत जनाएका छन् ।

इजरायल-इरान तनाबका बिच अमेरिकाले पनि युद्ध सुरु गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघची पुटिनलाई भेट्न मस्को पुगेका छन् । भेटमा पुटिनले आक्रमणको निन्दा र भत्र्सना गरेको रुसी मिडियाले जनाएका छन् ।

रुसी मिडिया आरटिका अनुसार पुटिनले इरान विरुद्ध इजरायली र अमेरिकी शत्रुता आधारहीन र अनुचित रहेको बताएको उल्लेख गरेका छन् ।

भेटमा दुई देशका कुटनितिक व्यक्तिहरुले अहिलेको समयमा देखिएको समस्याका सन्दर्भमा छलफल र संयुक्त रूपमा वर्तमान परिस्थितिबाट बाहिर निस्कने विषयमा छलफल भएको पनि बताइन्छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।