खाेटाङ । खोटाङको हलेसी महादेव दर्शन गरेर सिराहातर्फ फर्किंदै गरेको यात्रुबाहक माईक्रो बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका जयरामघाट नजिकै दुर्घटनामा परेको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै च्यापिएर मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि लगिएको छ।

माईक्रोबसमा जम्मा १६ जना यात्रु सवार रहेकाे बताइएकाे छ। अहिले पनि स्थानीय तथा प्रहरीकाे सक्रियतामा उद्वार कार्य जारी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।