काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा रहेको सबैखाले गुटबन्दी अन्त्य गर्ने सहमति भएको बताएका छन् । सोमबार स्थायी समितिको बैठकपछि पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टी पुन: एकताबद्ध भएको बताएका हुन् ।

‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरण गर्न नेतृत्वदायी भूमिका खेलेको पार्टी भएकाले पनि माओवादी पुन: एकताबद्ध भएको छ,’ उनले भने ।

पार्टीमा रहेका गुटबन्दी अन्त्य गर्नका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको पनि उनले बताए । ‘सबैखाले गुटबन्दी समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ। फेरि एकचोटि जनतामा जाने र देशमा देखा परेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ,’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।