काठमाडाैं । नयाँ सरकार बनेपछि आज तीन मन्त्रीले सपथ लिएका छन् । शीतलनिवासमा नयाँ मन्त्रीले शपथ लिँदा सभामुख देवराज घिमिरे देखिएनन् ।

उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्ष उपस्थित हुँदा घिमिरे अनुपस्थित थिए, जुन, सामान्य परिस्थितिमा सभामुखको अनिवार्य उपस्थिति हुने गर्थ्यो ।

सभामुखको सचिवालयका अनुसार घिमिरे अहिले ज्वरो र टाउको दुखेर अस्वस्थ अवस्थामा छन् । उनले शीतलनिवासबाट शपथग्रहण समारोहमा सहभागी हुन खबर आए पनि जान नसकेको उनको सचिवालयले जनाएको छ ।

‘दुई-तीन दिनदेखि उहाँको शारीरिक अस्वस्थता रह्यो । सोमबार त ठीक होला कि भन्ने लागेको थियो, तर उहाँलाई चिकित्सकले बेडरेस्ट नै गर्न भनेपछि बाहिर निस्कन सक्नु भएन ।’ सचिवालयले भन्यो ।

सभामुख घिमिरे मात्रै होइन, उपसभापमुख इन्द्रिरा रानामगर पनि उक्त समारोहमा सहभागी थिइनन् ।

प्रतिनिधिसभा विघटन भएको छ । तर, सभामुख-उपसभामुखको पद कायमै छ । प्रतिनिधिसभाको सभामुख-उपसभामुखका लागि अर्को व्यक्ति मनोनयन नहुँदासम्म यी पद कायमै रहन्छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।