काठमाडौं । सुदन गुरुङको विषयलाई लिएर सिंहदरबारमा तनावको स्थिति उत्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराउन सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरु पक्राउ समेत परेका छन् ।

जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्री कार्कीलाई भेट्नका लागि आइतबार सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरु आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हामी नेपालका संयोजक सुदन गुरुङ नक्कली जेनजी भएको भन्दै आलोचना गरेका छन् ।

घाइतेहरुले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी चेतावनी दिँदै गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताएका छन् । गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।