काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका मध्ये अझै ६ हजार ८१३ कैदीबन्दी फरार छन् ।

कारागारबाट भागेका ६ हजार १९१ कैदीबन्दी र सुधारगृहबाट भागेका ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।

बुधबार दिउँसो १२ बजेसम्म कारागारबाट भागेका मध्ये ७ हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् । जेनजी आन्दोलनको क्रममा २४ भदौमा देशका विभिन्न २८ वटा कारागार र ९ वटा सुधारगृहबाट गरी १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए ।

२४ भदौमा देशभरिका कारागार र सुधारगृहमा गरी ३० हजार ६४१ कैदीबन्दी थिए । आन्दोलनका क्रममा कारागार तोडफोड र आगजनी गर्दै भागेका उनीहरूमध्ये केही आफैं फिर्ता आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।