एमालेको बृहत भनिएको जनप्रदर्शनमा १० हजार पनि कटेनन् सहभागी

काठमाडौं । नेकपा एमालेले आज भृकुटीमण्डपमा बृहत जनप्रदर्शन गरेपनि सहभागिता भने कमजोर देखिएको छ । विगतको तुलनामा आजको जनप्रदर्शन तथा सभामा सहभागिता खस्किएको पाइएको हो ।

एमालेले विभिन्न जिल्लाबाट आफ्ना कार्यकर्ता काठमाडौंमा जनप्रदर्शनका लागि केन्द्रित गरेको थियो । निक्कै लामो समयदेखि जनप्रदर्शनका लागि एमालेले तयारी गरेपनि उपस्थिति भने सोचे अनुरुप देखिएन ।

हेलोखबरले एमालेको सभा हुनुपूर्व गरिएको जुलुस प्रदर्शन र मञ्च अगाडी बसेका सहभागिताको फोटोको आधारमा विभिन्न एआई टुल्समार्फत भिडको प्रक्षेपण गरेको छ । ती प्रक्षेपण अनुसार आजको जनप्रदर्शनमा कुनै पनि एआई टुल्सले १० हजार भन्दा माथि सहभागिता रहेको देखाएनन् । च्याटजिपीले उक्त जनप्रदर्शन तथा सभामा ६ हजारदेखि बढीमा १० हजारसम्म सहभागिता रहेको देखाएको छ । भीडले ढाकेको लम्बाई, भीडको घनत्व र सडकको चौडाईलाई आधार मानेर सहभागिताको अनुमान गरेको थियो ।

एमाले नेताहरुले जनप्रदर्शनमा ६० हजार सहभागी गराउने उदघोष गरेका थिए । सभामा भेटिएका एक नेताले पनि सोचे अनुरुप सहभागिता गराउन नसकेको स्वीकार गरेका थिए । उनले एमालेभित्र देखिएको विवादको असर पनि जनप्रदर्शनमा देखिएको हुन सक्ने बताएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।