काठमाडाैं । मोरङको विराटनगरमा महेश बस्नेतमाथि आक्रमणकाे प्रयास भएकाे छ । उनी सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका हुन् ।

प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा एक युवक सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना  युवकलाई नियन्त्रणमा लिएको छ । बस्नेतमाथि कुनै चाेट पटक लागेकाे छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।